धनकुटाको गोठगाउँबाट लागु औषधसहित २ जना पक्राउ
धनकुटा । धनकुटाबाट प्रतिबन्धित लागू औषधसहित २ जना पक्राउ गरेका छन् ।
धनकुटा नगरपालिका वडा नं. ६ स्थित औद्योगिक ग्र्राम नजिकै लागू औषध बिक्रि वितरण भइरहेको सुचनाका आधारमा प्रहरी धनकुटा नगरपालिका वडा नं. ६ गोठगाउँका तिलक भुजेल र मौसम राईलाई प्रहरीले आज दिउँसो ४ पक्राउ गरेको हो ।
भुजेलको साथबाट ट्रामाजोल क्याप्सुल ५ पत्ता, स्पासपैन ६ पत्तामा ५२ ट्यावलेट बरामद गरेको छ भने राईको साथबाट पनि ट्रामाजोल क्याप्सुल ६ पत्तामा ६० वटा क्याप्सुल, स्पासपैन ४ पत्तामा ३४ ट्यावलेट, डिकोलिन २ पत्तामा १८ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
उनीहरुलाई लागु औषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस