धनकुटाको चुङ्माङमा कान्लामा भेटियो बेबारिसे भरुवा बन्दुक
धनकुटा । धनकुटाको चुङ्माङमा धनकुटा बेबरिसे भरुवा बन्दुक फेला भेटिएको छ ।
आज दिउँदो ३ बजेतिर प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. १० बाटोको छेउमा बेबारिसे अवस्थाको बारद भरिएको भरुवा बन्दुक फेला पारेको हो ।
प्रहरी चौकी हिलेबाट प्रहरी नायव निरीक्षक चिरन्जिबि खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा बाटोको छेउ कल्लाको भित्ता राखिएको बेबारिसे अवस्थामा भरिएको भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजन कार्कीले बताउनु भयो । भरुवा बन्दुक भेटिए पनि अन्य बारुद गोली फेला नपरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस