धनकुटामा युवाका लागि नेतृत्व विकास तालिम शुरु
धनकुटा । धनकुटामा महिला दलित र अल्पसंख्यक युवाहरूको लागि नेतृत्व तथा विकास र उद्घोषण सम्बन्धी तिन दिने तालिम शुरु भएको छ ।
पब्लिक रिसर्च सेन्टर धनकुटाको आयोजना र धनकुटा नगरपालिकाको सहयोगमा आजदेखि महिला दलित र अल्पसंख्यक युवाहरुको लागि नेतृत्व विकास तालिम शुरु भएको हो ।
सो तालिमको उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले युवा मनोभावना अनुसार अघि बढ्नुपर्ने र आफ्नो लक्ष्यमा सदैव अडिक भएर जस्तोसुकै समस्यामा पनि डटेर अगाडि बढिरहे पक्कै पनि सफलता पाउन सक्ने बताउनुभयो ।
तालिम संयोजक तुलसा पौडेलको अध्यक्षतामा शुरु भएको सो तालिममा धनकुटा नगरपालिकाका १० वटै वडाका ४० जना युवाको सहभागीता रहेको छ । सो तालिममा सहभागीहरुलाई प्रशिक्षकहरू विनोद विश्वकर्मा, नैन विश्वकर्मा, जेपी भुजेल र तुलसा पौडेलले प्रशिक्षण दिनुभएको छ ।
सो तालिमको उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई , गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मिनप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।।


प्रतिक्रिया दिनुहोस