कागुने-ललाहाङ-ललानिटार टोल विकास संस्था गठन
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. २ धनकुटाको कागुने, ललाहाङ, ललानिटार टोल विकास संस्था गठन गएको छ ।
बुधबार भएको भेलाले संस्थाको अध्यक्षमा हिक्मत राईलाई चयन गरेको छ भने उपाध्यक्ष जगत राई, सचिव मोहनकुमार राई र कोषाध्यक्ष रिना राईलाई चयन गरेको छ । सो भेलाले मुकेश राई, मनमाया राई, सागर राई, तुलराम राई र एलिना राईलाई सदस्य चयन गरेको छ ।
सो भेलाको सहजिकरण एसिडिसी नेपालका अध्यक्ष खिन्द्र अधिकारी र वडा नं २ का वडा सदस्य सोम मगरले गर्नुभएको थियो । सो भेलामा कोशी प्रदेशसभा सदस्य निरन राई, राससका पूर्व महाप्रवन्धक सिद्धराज राई लगायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस