धनकुटाको पाख्रिबासमा हायस दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ जना घाइते
धनकुटा । आज बिहान धनकुटाको पाख्रिबासमा सप्तकोशी हायस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
आज बिहान ६ः१० वजेको समयमा पाख्रिबास नगरपालिका वडा नं. ५ भैसे स्थित मध्य पहाडि लोकमार्गमा काठमाडौबाट खाँदबारीतर्फ जादै गरेको बा ४ ख ५५०२ नम्बर सप्तकोशी हाईस अनियन्त्रीत भई बाटोबाट अन्दाजी ७० मिटर तल खसी दुर्घटना भएको हो ।
सो हायसमा सवार १५ जनामध्ये १ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । घाइतेहरुको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई जिल्ला अस्पताल धनकुटा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस