धनकुटामा चियासँग कविताको ३७ औं श्रृंखला सम्पन्न

धनकुटा FM
५ मंसिर २०८२, शुक्रवार

धनकुटा । धनकुटामा हरेक शुक्रबार हुँदै आएको चियासँग कविताको ३७ औं श्रृङ्खला आज धनकुटामा सम्पन्न भएको छ ।

रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रममा धनकुटामा रहेका साहित्यप्रेमीहरुको बाक्लो जमघट हुँदै आएको छ । साथै नयाँ र पुराना सर्जकहरुले एकै ठाउँमा भेला भएर आफ्ना सिर्जनाहरु प्रस्तुत गर्दै आइरहेका छन् । सोही क्रममा भएको चियासँग कविताको ३७ औं श्रृङ्खलामा सर्जकहरुले सिर्जना बाचन गर्नुभएको थियो ।

सो कार्यक्रममा डिआर फुँयल, गोपाल बराइली, नेहा राई, रेखा क्षेत्री, सन्जय सन्तोषी राई, राजन श्रेष्ठ, चिनाराम पौडेल, आनन्द सन्तोषी राई, तिलक प्रसाद राई, सिरज जोशी लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

चियासँग कविताको ३७ औं श्रृंखला कवि रेखा क्षेत्रीको सभापतित्वमा सञ्चालन भएको थियो ।

धनकुटामा २०८१ साल फागुन २ गतेदेखि हरेक शुक्रबार चियासँग कविता हुँदै आएको छ । कार्यक्रममा धनकुटामा रहेर विभिन्न विधामा कलम चलाउदै आएका नयाँ र पुराना कवि तथा गजलकारहरुले समेत रचना वाचन गर्ने गरेका कारण धनकुटाको साहित्यी बिकासमा इट्टा थप्ने काम भइरहेको चियासँग कविता कार्यक्रममा संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो ।