धनकुटामा शैक्षिक भ्रमणमा आएको बस दुर्घटना, ३६ जना घाइते

धनकुटा एफ. एम.
१४ मंसिर २०८२, आइतबार

धनकुटा । धनकुटाको रमाइलो घुम्तीमा विद्यार्थी बोकेको गाडी दुर्घटना भएको छ ।

सुनसरीको रामधुनीमा रहेको पिंक लोटस इङलिस स्कुलबाट शैक्षिक भ्रमणमा आएको स्कुल बस धनकुटा ६ रमाइलो घुम्तीमा दुर्घटनामा परेको हो ।

शैक्षिक भ्रमणमा आएकाे विद्यार्थी बाेकेकाे काे १ ख ५३१३ नं काे बस दुर्घटना हुँदा ३६ जना घाईते भएका छन्  । घाईतेहरूकाे धनकुटाजिल्ला  अस्पतालमा उपचार भईरहेकाे छ ।