५ औँ काजिमान आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सुरु, आज २ खेल सम्पन्न

कुशल याख्खा
१५ मंसिर २०८२, सोमबार

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं. ३ काजीमानेमा ५ औँ काजिमान आमन्त्रित पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ । सो प्रतियोगिताको छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा र पूर्व अध्यक्ष शेरबहादुर लिम्बुले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

५ औँ काजिमान आमन्त्रित पुरुष फुटबल प्रतियोगिता अन्तर्गत द बाबारी एफसी र आयोजक काजिमान समाजबीको खेल पहिलो खेल निक्कै प्रतिष्पर्धात्मक र र रोमाञ्चक बनेको छ ।

निर्धारित समयमा २–२ गोलको बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा काजिमान समाज एफसीले जित हात पार्दै अर्को चरणमा प्रवेश गरेको छ । पहिलो खेलको म्यान अफ द म्याच पदम भट्टराई बन्नु भयो ।

त्यस्तै सिर्जनशिल क्लब धनकुटा र याङ्लिखाम एफसी धनकुटाबीच भएको दोस्रो खेलमा याङ्लिखामले धनकुटाले २–० गोलको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यस खेलका म्यान अफ द म्याच सबिन तामाङ घोषित हुनुभएको आयोजक राजेश चोङ्बाङ लिम्बूले जानकारी दिनुभयो ।

यही मंसिर १९ गतेसम्म ५ औँ काजिमान आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा मोरङको सुन्दर खोसाने युवा क्लब, कोशी पुलिस रानी र द बाबरी क्याफे, सुनसरीको पानबारी एफसी, सुनसरीकै दियाली जनकल्याण क्लब, धनकुटाको याङ्लिखाम एफसी, धनकुटाको सृजनशील युवा क्लब र आयोजक काजिमान समाजको सहभागीता रहेको छ ।

सो प्रतियोगितामा प्रथम हुनेले ९० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ६० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।