धनकुटाको सहिदभुमीमा अरुण लिफ्टिङ बृहत खानेपानी आयोजना शुरु
सबै वडाका सबै घरधुरीले प्रतिदिन १ हजार लिटर पानी पाउने
धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका कै निक्कै महत्वकाङ्क्षी योजनाको रुपमा रहेको अरुण लिफ्टिङ बृहत खानेपानी आयोजना शुरु भएको छ ।
सहिदभुमी गाउँपालिकाको सात वटै वडाका २ हजार ६ सय ५६ घर भन्दा घरधुरीलाई खानेपानीको सेवा पु¥याउने उदेश्यले पहिलोपटक निक्कै महत्वकाङ्क्षी खानेपानी योजनाको थालनी भएको हो ।
संघीय सरकारको ३५ करोड रुपैयाँको लागतमा बन्न लागेको अरुण लिफ्टिङ बृहत खानेपानी आयोजनाको पूर्व खानेपानी मन्त्री राजेन्द्र राईले शिलन्यास गर्नुभयो ।
बहुवर्षीय आयोजनाको रुपमा रहेको सो आयोजना सम्पन्न गर्न कुल लागत ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । संघीय सरकारको खानेपानी कार्यान्वयन इकाइले यो वर्ष ३५ करोड रुपैयाँमा ठेक्का लगाएको छ ।
सहिदभुमी गाउँपालिका लामो समयदेखि खानेपानीको समस्या भएको पालिका पनि हो । सहिदभुमीमा रहेका भुमीगत मुहान सुकेका कारण यहाँ खानेपानीको चरम अभाव हुने गरेको छ । धेरै जसोले टाढाटाढाबाट बोकेर ल्याउने गरेका छन् । तर, आज शिलान्यास भएको अरुण लिफ्टिङ बृहत खानेपानी आयोजना सम्पन्न हुँदा यस क्षेत्रका बासिन्दाले पर्याप्त खानेपानी पाउने सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज राईले बताउनु भयो ।
सो आयोजना अरुण नदीको पानी सहिदभुमी गाउँपालिका वडा नं. ४ को लामिबगरबाट ५ ठाउँ लिफ्टिङ गरेर घुमाउने डाँडासम्म पानी ल्याइने छ । सो पानी सहिदभुमीको सात वटै वडामा पु¥याइने योजना रहेको छ ।
सो आयोजना सम्पन्न भएपछि प्रति सेकेन्डमा ६५ लिटर पानी लिफिटङ गर्न सक्छ भने १२ घण्टामा २८ लाख ८ हजार लिटर पानी आउँछ । यसो हुँदा सहिदभुमी गाउँपालिकाका २ हजार ६ सय ५६ घर भन्दा घरधुरी प्रतिघर प्रतिदिन १ हजार भन्दा पानी पाउने छन् ।


प्रतिक्रिया दिनुहोस