छलफलमा जुट्यो धनकुटा कांग्रेस, साँगुरीगढीमा घेटघाट र छलफल सम्पन्न

धनकुटा FM
१८ मंसिर २०८२, बिहिवार

धनकुटा । नेपाली कांग्रेसको महाधिवेसनको मिति नजिकिएसँगै धनकुटाका नेताहरु कार्यकर्ता भेटघाटमा लागेका छन् । सोही क्रममा साँगुरीगढी गाउँपालिकका कार्य समितिले आज पार्टीका नेताहरुसँग भेटघाट तथा छलफल गरेको छ ।

सो अवसरमा नेपाल प्रजातन्त्रवादी प्राध्यापक समुहका नेता तथा महेन्द्र वहुमुखी क्याम्पस धरानका प्राध्यापक यूवा नेता डा.जीवन राईले नेपाली कांग्रेसलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिनु भयो ।

नेपाली कांग्रेस धनकुटा जिल्लाका सचिव विजय सन्तोषी राईले आसन्न महाधिवेशनबाट कांग्रेसमा नया नेतृत्व चयन गरी कांग्रेसलाई रुपान्तरण र पुस्तान्तरण गर्नका लागी सवै क्रियाशिल हुनुपर्नेमा जोड दिनु भयो ।

धनकुटाका वरिष्ट समाजसेवी तथा युुवा नेता अशोक राई, नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिका सदस्य प्रिती वान्तवा राई, नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका कार्यवहाक सभापति अभिषेक कर्माचार्य, नेपाली कांग्रेस साँगुरीगढी गाउँपालिकाका सभापति नेपालधन राई, साँगुरगढी गाउँपालिका वडा नंं. १ का सभापति भुपेन राई, वडा नं. ५ का सभापति ओम प्रकाश लिम्बु, वडा नं. १० का वडा सभापति राजु राई, आहालेका समाजसेवी वुद्धिजिवि हस्त राई, साँगुरीगढी गाउँपालिका वडा नं. ७ का सभापति मंगल सिंह राई लगायतका नेताहरुले कांग्रेसको संगठन विस्तार र आगामी निर्वाचनको बारेमा महत्वपूर्ण सुझावहरु दिनु भएको थियो ।

नेपाली कांग्रेस सागुरीगढीका सभापति नेपाल धन राईको अध्यक्षतामा उक्त भेटघाट तथा छलफल कार्यक्रम भएको थियो ।