धनकुटा लेडिज जेसिसद्धारा न्यायो कपडा वितरण
धनकुटा । धनकुटा लेडिज जेसिसले धनकुटा नगरपालिका वडा नं. ६ को बाख्रे खोलाको जेसिस गाउँमा न्यायो कपडा वितरण गरेको छ ।
केही दिनयता धनकुटामा चिसो बढ्दै गएपछि धनकुटा लेडिज जेसिसले धनकुटा नगरपालिका वडा नं. ६ को बाख्रे खोलाको जेसिस गाउँमा रहेका २३ घरधुरी परिवारलाई न्यायो कपडा वितरण गरेको हो ।
सो कार्यक्रममा धनकुटा नगरपाकिला वडा नं. ६ का वडाध्यक्ष मिलन खड्गी, धनकुटा लेडि जेसिसका अध्यक्ष सरस्वती राई, निवर्तमान अध्यक्ष मुना पोख्रेल, पूर्व अध्यक्ष मेनुका बस्नेत, भिपी लक्ष्मी परियार, टोल बस्ती संगठनका अध्यक्ष काजीमान राई र जेसिसका सदस्यहरुको उपस्थितीमा त्यहाँ रहेका परिवारलाई ब्लांकेट र टोपी वितरण गरेको हो ।
जेसिसले लैगिक हिंसा अन्तर्गतको १६ दिने अभियानका क्रममा न्यानो कपडा वितरण गरेको हो । मेनुका बस्नेतको कोर्डिनेसनमा नेपाल जेसिन २०२५ का भिपी उज्जल कार्भाको उपलब्ध गराउनुभएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस