भेडेटारमा अरुण थर्डको सामाग्री बोकेको ट्रक दुर्घटना हुँदा चालक घाइते

धनकुटा FM
२३ मंसिर २०८२, मंगलबार

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ मा अरुण तेस्रो जलबिधुत आयोजनाको निर्माण सामाग्री बोकेको ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

गए राती १ः१५ बजेतिर धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ मालबसेमा बिराटनगरबाट संखुवासभाको शितलपाटीतर्फ जाँदै गरेको अरुण तेस्रो जलबिधुत आयोजनाको निर्माण सामाग्री बोकेको को १ ख७४४८ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई बाटोबाट झण्डै १५० मिटर तल खसेको छ ।

सो दुर्घट्ना हुँदा ट्रक चालक धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. १ का २७ वर्षीय आशिष लिम्बु घाइते भएका छन् । उनको खुट्टा र जिउमा चोट लागेका कारण थप उपचारका लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएको प्रहरीले जनाएको छ ।

सो ट्रक दुर्घटना भएको खवर आए लगत्तै इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा खटिएको टोलीले ट्रक माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा खसेका कारण सडक एकतर्फी रुपमा खुलाएको प्रहरीले जनाएको छ ।