कांग्रेस धनकुटाले ६० वटै वडाहरुमा अभियान संचालन गर्ने

धनकुटा FM
२३ मंसिर २०८२, मंगलबार

धनकुटा । नेपाली कांग्रेस धनकुटाले क्रियाशिल सदस्यता वितरण र नविकरणका लागि ६० वटै वडाहरुमा अभियान संचालन गर्ने निर्यय गरेको छ ।

नेपाली कांग्रेस धनकुटाको हिजो सम्पन्न जिल्ला कार्य समितिको बैठकले पार्टीको १५ औ अधिवेशन सम्पन्न गर्न सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय समेत गरेको छ ।

सो बैठकमा नेपाली कांग्रेस धनकुटाका जिल्लाका जिल्ला सचिवहरु विजय सन्तोषी राई र जयन्द्र घिसिङले बैठकको एजेण्डा र अहिलेसम्म नेपाली कांग्रेस धनकुटाले गरेको गतिविधिहरुको बारेमा प्रस्तुत गर्नु भएको थियो ।

सो बैठकमा नेपाली कांग्रेस धनकुटाका उपसभापति निर्मल ओझा, संविधान सभा सदस्य लिला सुब्बा, सहसचिव गिरिजाप्रसाद दाहाल, जिल्ला सदस्यहरु कमोट कुमार फागु, जिल्ला सदस्य तथा पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, अम्विका धमला, मिन कार्की, चन्द्र याख्खा, महासमिति सदस्य सिता प्रधान, महाधिवेशन प्रतिनिधि करुणा कटुवाल, क्षेत्रीय सभापति जितेन्द्र राई, महालक्ष्मी नगरपालिका मेयर तथा नगरसभापति ध्रुवराज राय, नेता टिकादेवी भण्डारी, क्षेत्रिय उपसभापति चन्द्र लिम्बु, धनकुटा नगर कार्य समितिका सभापति अभिषेक कर्माचार्य, पाख्रिवास नगर कार्य समितिका सभापति प्रेम भण्डारी, सहिदभूमी गाउँपालिका कार्य समितिका सभापति नेपालधन राई, नेता दामोदर सुवेदी, हरी दियाली लगायतका नेताहरु आआफ्नो धारणा राख्नु भएको थियो ।