नेकपा एमालेका जारी ११ औं महाधिवेसन : धनकुटाबाट २ जनाको केन्द्रिय सदस्यमा उम्मेदवारी
धनकुटा । नेकपा एमालेका जारी ११ औं महाधिवेसनमा धनकुटाबाट २ जनाको केन्द्रिय सदस्यमा उम्मेदवारी परेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आज धनकुटाबाट निवर्तमान केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र राई र महिला सदस्यमा मनकुमारी तितुङ (तारा) को उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सबैजना नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओली शर्मा ओली पक्षीय हुनुहुन्छ । राई स्वतः केन्द्रिय प्रतिनिधि हुनुहुन्थ्यो भने तितुङ मनोनित प्रतिनिधि हुनुहुन्छ ।
यसअघि विनादेवी राई र सकुन्तला बस्नेत बस्नेत केन्द्रिय सदस्य हुनुहुन्थ्यो । तर यसपटक दुबैजना बाहिरिनु भएको छ । राई र तितुङ ओली पक्षीय भएका कारण उहाँहरुले धनकुटाबाट प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य बन्ने सम्भावना बलियो छ ।


प्रतिक्रिया दिनुहोस