धनकुटाका विद्यालय नजिक मदिरा बिक्री गर्न नपाइने, बिक्री गरे कारवाही गरिने
धनकुटा । धनकुटाका सामुदायीक तथा नीजि विद्यालयको आसपासमा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाइएको छ ।
धनकुटामा सामुदायीक तथा नीजि विद्यालय वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रि वितरण भइरहेको गुनासो बढेपछि प्रहरीले आजदेखि मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रि वितरण नगर्न रोक लगाएको हो ।
मंगलबार मात्रै कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेसँगको अन्तरक्रिया कार्यक्रममा धनकुटाका सामुदायीक तथा नीवि विद्यालय आसपासमा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण हुँदा युवाहरु कुलतमा फस्न थालेको गुनासो गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाले हिजो साँझदेखि नै माइकिङ गर्दै मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रि वितरण रोक लगाएको हो ।
प्रहरी धनकुटा सदरमुकामका विद्यालयहरुको २ सय मिटर वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको छ । साथै प्रहरीले विद्यालयको २ सय मिटर वरपर रहेका पसलहरु अनिवार्य सुचीकृत गर्न पनि आग्रह गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
धनकुटाका सबै विद्यालयका विद्यार्थीले समेत थाहा पाउन् भनेर हिजो साँझ र आज विहानैदेखि माइकिङ गरिएको छ । धनकुटामा लागू औषध नियन्त्रण गर्न विद्यालय तहदेखि नै जनचेतना जगाउन जरुरी रहेकाले आज पनि बिहानैदेखि माइकिङ शुरु गरिएको एसपी थापाले बताउनु भयो । माइकिङ गरेर विद्यार्थी र स्थानीय व्यवसायीहरुले समेत थाहा पाउने छन् ।


प्रतिक्रिया दिनुहोस