पत्रकार महासंघ धनकुटाको स्थापना दिवसमा स्टेसनरी सामाग्री वितरण, साँझ दीप प्रज्वलन गरिने

धनकुटा FM
१३ पुष २०८२, आइतबार

धनकटा । नेपाल पत्रकार महासंघ धनकुटाले आफ्नो स्थापना दिवस आज विभिन्न कार्यक्रम मनाउँदैछ ।

२०४९ साल पुस १३ गते स्थापना भएको नेपाल पत्रकार महासंघ धनकुटाले आज विभिन्न कार्यक्रम आफ्नो ३३ औं स्थापना दिवस मनाउन लागेको छ ।

महासंघले आज धनकुटा नगरपालिका वडा नं. ४ मा रहेको श्रीपञ्चमी पार्कमा रहेका १३ जना अनाथ बालबालिकाहरुलाई स्टेसनरी सामाग्री वितरण गरेको छ । उनीहरुलाई नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, संस्थापक सदस्य तथा पूर्व अध्यक्ष विजय सन्तोषी राई, वर्तमान अध्यक्ष विदुर खवास, पूर्व अध्यक्षहरु राजेश्वबहादुर श्रेष्ठ, नगेन्द्र राई, पूर्व केन्द्रिय सदस्य गोपाल बराइली, सल्लाहकारहरु विनोद घिमिरे, सन्तवीर लामा लगायतले स्टसनरी सामाग्रीहरु हस्तनन्त्रण गर्नुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, मदन भण्डारी फाउण्डेसन धनकुटाका संरक्षक गोपाल गुरागाई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले आश्रममा रहेका अनाथ बालबालिकाहरुलाई सहयोग गरेर उनीहरुको शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी स्थापना दिवसको आवसरमा आज साँझ नेपाल पत्रकार महासंघ धनकुटाको भवनमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष खवासले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सभापति सभापति गोविन्द वियोगीको उपस्थितीमा मंशिरमा १५ सदस्य समिति तदर्थ समिति गठन भएको थियो ।

त्यतिबेला सन्जय सन्तोषी राईको सभापतित्वमा विजय सौगात गोपाल अधिकारी, टंक राई, रमेश अमात्य, सूर्य वालिङ, शारदा सन्तोषी राई, विष्णुमान श्रेष्ठ, सरोज धनकुटे, नविन राई, लाखमान राई, राजकुमार दिक्पाल र देवराज घिमिरे सदस्य रहेको जिल्ला कार्य समिति गठन भएको थियो । पहिलो जिल्ला अधिवेसनपछि भोजपुर, संखुवासभा र तेह्रथुमका पत्रकारहरुलाई समेटेर २५ सदस्य बनाइएको नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सन्जय सन्तोषी राईले बताउनु भयो ।