एमालेमा समानुपातिक उम्मेदवार महाधिवेसन प्रतिनिधि छनोटको प्रभाव : जिल्लाबाट छुटाउने, प्रदेशबाट थप्ने

धनकुटा FM
१४ पुष २०८२, सोमबार

धनकुटा । आसन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारी छनौटमा ११ औं महाधिवेसन छनोटमा भएको किचलोको प्रभाव देखिएको छ ।

गत मंशिर १३ गते भएको महाधिवेसन प्रतिनिधि छनोटमा विवाद भएपछि अन्तिम समयमा धनकुटाबाट इन्द्रमणी पराजुली पक्षधरबाट मन कुमारी तितुङ (तारा) केन्द्रको मनोनित कोटाबाट प्रतिनिधि बन्नु भएको थियो । तर उहाँ अत्याधिक मतले केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

केन्द्रिय सदस्य निर्वाचित भए पनि जिल्लामा वेवास्थाको सिकार बन्दै आउनुभएकी तितुङलाई समानुपातिक उम्मेदवारका लागि जिल्लाले सिफारीससमेत गरेन । अन्ततः उहाँ कोशी प्रदेशबाट समानुपातिक तर्फबाट सिफारीस हुनुभएको छ ।

यद्यपि नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङलाले भने केन्द्रबाट ३ जनाको नाम मात्रै मागिएकोमा तारा तितुङको मात्र नाम पठाइएको दावी गर्नुभएको छ । उहाँले केन्द्र र प्रदेशले आफ्नो कुरा नसुनेकाले जिल्लाबाट नाम पठाउन जरुरी नभएको बताउनु भयो ।

अध्यक्ष आङ्लाले समानुपातिक तर्फ कसैको सिफारीस नगरिएको दाबी गरे पनि नेकपा एमाले धनकुटाले ६ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमाले धनकुटाले अल्पसंख्यक समूहबाट विनादेवी राई, दलित समूहबाट नैन विश्वकर्मा र यज्ञकुमारी रुचाल, खस–आर्य समूहबाट खेमनाथ घिमिरे र मेनुका निरौला पौडेल तथा जनजाति समूहबाट गणेशकुमार राई ‘उज्वल’ को नाम सिफारिस गरिएको हो ।