धनकुटामा चियासँग कविताको ४४ औं श्रृङ्खला सम्पन्न

धनकुटा FM
१८ पुष २०८२, शुक्रवार

धनकुटा । रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रममा धनकुटामा रहेका साहित्यप्रेमीहरुको बाक्लो जमघट हुँदै आएको छ । सोही क्रममा धनकुटामा भएको चियासँग कविताको ४४ औं श्रृङ्खलामा धनकुटामा स्थापित सर्जकहरुले सिर्जना बाचन गर्नुभएको छ ।

सो कार्यक्रममा घनश्याम बराल औलाली, तिलक प्रसाद राई, गोपाल बराइली, निर्मला कुँवर, रमेशचन्द्र अधिकारी, ललित विश्वकर्मा, रुद्र गुर्वाछान मगर, नेहा राई, रेखा क्षेत्री, राजन श्रेष्ठ, तिलकप्रसाद राई लगायतले लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ लगायतले चियासँग कविता कार्यक्रमले धनकुटाको साहित्यमा टेवा पु¥याउँदै गएकाले यसको निरन्तता हुनुपर्नेमा जोड दिनुभयो । सर्जक चन्द्रकला धमलाको सभापतित्वका भएको चियासँग कविताको ४४ औं श्रृङ्खला सर्जक रेखा क्षेत्रीले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा धनकुटामा रहेर विभिन्न विधामा कलम चलाउदै आएका नयाँ र पुराना कवि तथा गजलकारहरुले समेत रचना वाचन गर्ने गरेका कारण धनकुटाको साहित्यी बिकासमा इट्टा थप्ने काम भइरहेको चियासँग कविता कार्यक्रममा संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो ।