धनकुटा सिटी जेसिजको अध्यक्षमा विक्रम भट्टराई चयन

धनकुटा FM
१८ पुष २०८२, शुक्रवार

धनकुटा । धनकुटा सिटि जेसिजको १८ औं वार्षिक साधारणसभा तथा शाखाको अधिवेसन सम्पन्न भएको छ ।

सो वर्ष २०२६ को लागि विक्रम भट्टराईलाई अध्यक्षमा चयन गरेको छ भने वर्ष २०२५ का लागि जेसि दिनेश भण्डारीलाएै सर्वसम्मत चयन गरेको छ ।

शुक्रबार धनकुटामा सम्पन्न भएको धनकुटा सिटी जेसिजको १८ औं वार्षिक साधारणसभा तथा शाखाको अधिवेसनले कार्यकारी उपाध्यक्षहरुमा दुर्गा घिमिरे र मिलन बुढाथोकी, उपाध्यक्षहरुमा दर्शन थापा, सुबन श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ र बिरेन्द्र तामाङ चयन हुनुभएको छ ।

सो साधारणसभा तथा शाखाको अधिवेसनले महासचिवमा भोलाराज थापा, कोषाध्यक्षमा सबिन श्रेष्ठ र सचिवमा तुलसीजंग कार्की चयन हुनुभएको छ । त्यसैगरी जन सम्पर्क अधिकारीमा लिलम थापा, तालिम निर्देशकमा दिपा थापा र प्रकरण निर्देशकमा आयुस थापा र कानुनी सल्लाहकारमा सुवास खनाल चयन हुनुभएको छ ।