धनकुटाको सहिदभूमीमा कांग्रेसीजनको भेटघाट तथा छलफलमा सक्रिय

धनकुटा FM
१८ पुष २०८२, शुक्रवार

धनकुटा । धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिकाको वडा नं. ६ स्थित थलथले पार्कमा नेपाली कांग्रेसको भेटघाट तथा छलफल भयो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस धनकुटा जिल्लाका सचिव विजय सन्तोषी राईले देश र नेपाली कांग्रेसमा अहिले ठूलो संकट आई परेकाले देशलाई बचाउदै कांग्रेसभित्र विभाजन हुन नदिई कांग्रेसलाई एक ढिक्का बनाउन कांग्रेसी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा अर्का सचिव जयन्द्र घिसिङ, पूर्व महासमिति सदस्य शिव कुमार राई, जिल्ला सदस्यहरु तिर्थ राई, तोर्ण खड्का, यज्ञ राई, योगेन्द्र राई, दौलत राई, शेरबहादुर राई, रमेश कुमार राई, कमल कुमारी राई, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष नरेन्द्र कस्चित लगायतले पार्टी भित्रको संकट समाधान गर्न एकता आवाश्यक भएको वताउनु भयो ।

सो कार्यक्रममा प्रदेश सभा क्षेत्रीय कार्य समितिका सदस्यहरु राजेश्वर वहादुर श्रेष्ठ, कमल परियार, नेपाली कांग्रेस सहिदभूमी गाउँपालिकाका सभापति टंक राई, उपसभापति भुषण राई, सदस्यहरु थामाहाङ राई, सुनिल राई, वडा नं. ५ का सभापति कनक राई, वडा नं. ६ का नेताहरु प्रताव राई, राम कुमार राई, धनबहादुर परियार लगायतले पनि आ–आफ्नो धारणा राख्दै सुझवा दिनु भएको थियो ।

सोभेटघाट तथा छलफल कार्यक्रम नेपाली कांग्रेस सहिदभूमी गाउँपालिकाका सभापति टंक राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।