एमाले धनकुटाको सिफारिसलाई उल्ट्यायो कोशी प्रदेशले, कसले पाउँला टिकट ?
धनकुटा । नेकपा एमाले धनकुटाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पठाएको एकल उम्मेदवारको सिफारिस प्रदेश कमिटीले उल्टाइदिएको छ ।
पुस २० गते आइतबार धनकुटामा बसेको जिल्ला कमिटीको बैठकले २ जनाको असमतिका बीच पनि नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजेन्द्र कुमार राईलाई आगामी फागुन २१ गते हुने निर्वाचनका लागि धनकुटाबाट एकल नाम सिफारीस गरेको बताइएको थियो । तर उम्मेदवारका आकांक्षी तथा नेकपा एमालेका निवर्तमान केन्द्रिय सदस्य सकुन्तला बस्नेत र कोशी प्रदेश कमिटीका उपाध्यक्ष टीकारम चेम्जोङले आपत्ति जनाउनु भएको छ ।
निवर्तमान केन्द्रिय सदस्य बस्नेतले विज्ञप्ती जारी गर्दै केन्द्रले महिलासहित ३ जनाको नाम सिफारीस गर्न दिएको परिपत्र विपरित आकांक्षीहरु हुँदाहुँदै बहुमतको दम्भ देखाउँदै एकल नाम सिफारीस गरिएको भन्दै आपत्ति जनाउनु भएकोे थियो भने उपाध्यक्ष चेम्जोङले सामाजिक सञ्जालमा जिल्ला कमिटीले आकांक्षीहरुसँग सल्लाह नै नगरी पठाएको नाम उपर स्वीकार्य नहुने बताउनुभएको थियो ।
विगठित प्रतिनिधिसभाका सदस्य समेत रहनु भएका राईले जिल्ला कमिटी मार्फत आफ्नो एकल नाम सिफारिस गराउन सफल हुनुभएको थियो । तर, कोशी प्रदेश कमिटीको सचिवालय बैठकले दुई जना आकाक्षीको नाम थप गर्दै केन्द्रमा पठाउने निर्णय गरेको छ । प्रदेशले धनकुटाबाट आकांक्षी चेम्जोङ र बस्नेतको नाम थप गरी केन्द्रमा पठाउने निर्णय गरेको छ ।
प्रदेश कमिटीले थप २ जनाको नाम सिफारीस गरेसँगै धनकुटामा एमाले धनकुटामा थप द्धन्द्ध चर्किँदै गएको छ । राई अहिलेसम्म ३ पटक उम्मेदवार भएर २ पटक विजयी भइसक्नु भएको छ । पछिल्लो समयमा जेनजी पुस्ताले समेत नयाँ मान्छेको खोजी गरिरहेका बेला एमालेबाट नेतृत्व परिवर्तन हुन्छ भन्ने थियो । तर राईको मात्रै सिफारीस भएपछि फागुन २१ गते हुने निर्वाचनमा राईले टिकट पाउने पक्कापक्की थियो । तर प्रदेशले २ जना आकांक्षीको नाम पनि सिफारीस गरेसँगै धनकुटामा कसले टिकट पाउँछ भन्ने चासो बढ्न थालेको छ ।
पछिल्लो समयमा धनकुटामा नेकपा एमालेभित्र इन्द्रमणी पराजुली पक्ष र राजेन्द्र राई पक्षबीच आपसी टकराव बढ्दै गएको छ । पार्टीकोे ११ औं महाधिवेसन प्रतिनिधि छनोटका लागि मंसिर १३ गते भएको भएको निवार्वाचनमा पराजुली पक्षलाई बाइपास गर्दै राई पक्षबाट १३ जना निर्वाचित भएका थिए ।
महाधिवेसन छनोटमा भएको मतदान फर्जी भएको भन्दै पराजुली पक्षबाट केन्द्रमा उजुरी पुगेको थियो । सो उजुरी कार्यान्वय गराउन र जिल्लाको निर्णय कार्यान्वयन गराउन दुबै पक्षले भएभरको बल नै लगाएको थियो । अन्ततः ४ जनालाई केन्द्रबाट महाधिवेसन प्रतिनिधि मनोनित गराउनेगरी दुबै पक्ष राजी भएको थियो ।
जिल्लाबाट महाधिवेसन प्रतिनिधि हुनबाटै रोकिएकी मनकुमारी तितुङ (तारा) केन्द्रबाट मनोनित भएर केन्द्रिय सदस्य निर्वाचित हुनुभएको छ भने राई पनि केन्द्रिय सदस्य हुनुभएको थियो । राई हाल जिल्लाको इन्चार्जको भुमिकामा हुनुहुन्छ ।
र यो पनि
https://dhankutafm.com/2026/01/428043/

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस