धनकुटामा सर्जक मुकुन्द प्रयास काठमाडौंमा सम्मानित
धनकुटा । धनकुटाका स्रष्टा तथा कलाकार मुकुन्द प्रयास राजधानीमा सम्मानित हुनुभएको छ ।
नेपाल व्यवसायिक कलाकार संघको ३१ औं स्थापना दिवस तथा कलाकार अरनिको स्मृति दिवसको अवसरमा धनकुटाका स्रष्टा तथा कलाकार मुकुन्द प्रयास सम्मानित हुनुभएको हो ।
धनकुटामा बसेर लामो समयदेखि निरन्तर लेखन, चित्रकला, मूर्तिकला तथा कला व्यवसायमा रहँदै आउनुभएका प्रयासलाई १० हजार रुपैयाँ राशीको निर्वाण कला सम्मान–२०८२ बाट सम्मान गरिएको हो ।
प्रयाससँगै १० हजार राशीकै हेम–गंगा युवा कला प्रतिभा पुरस्कार, हेम–गंगा नारी कला प्रतिभा पुरस्कार, क्यान सिग्देल आर्ट पुरस्कार र निर्वाण कला सम्मान क्रमशः चराचुरुंगीतर्फ सुदीप बस्याल, सम्झना राजभण्डारी र मानकाजी श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस