धनकुुटामा चियासँग कविताको ४६ औं श्रृङ्खला सम्पन्न

धनकुटा एफ. एम.
२ माघ २०८२, शुक्रवार

धनकुटा । रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रममा धनकुटामा रहेका साहित्यप्रेमीहरुको बाक्लो जमघट हुँदै आएको छ । सोही क्रममा धनकुटामा भएको चियासँग कविताको ४६ औं श्रृङ्खलामा धनकुटामा स्थापित सर्जकहरुले सिर्जना बाचन गर्नुभएको छ ।

सो कार्यक्रममा घनश्याम बराल औलाली, द्धारिका प्रसाद रिजाल, ओम प्रकाश निरौला, रेखा क्षेत्री, चिनु काफ्ले, डाक्टर गोपाल बहादुर भट्टराई, शान्ता ढकाल, डिआर फुँयल, पवित्रा कट्वाल लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

सर्जक तथा पत्रकार रमेशचन्द्र अधिकारीको सभापतित्वका भएको चियासँग कविताको ४६ औं श्रृङ्खलामा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, अग्रज पत्रकार तिलक प्रसाद राई लगायतले चियासँग कविता कार्यक्रमले धनकुटाको साहित्यमा टेवा पु¥याउँदै गएकाले यसको निरन्तता हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा धनकुटामा रहेर विभिन्न विधामा कलम चलाउदै आएका नयाँ र पुराना कवि तथा गजलकारहरुले समेत रचना वाचन गर्ने गरेका कारण धनकुटाको साहित्यी बिकासमा इट्टा थप्ने काम भइरहेको चियासँग कविता कार्यक्रममा संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो ।