रास्वपा धनकुटा संगठन अभियानमा तीव्र, चौविसेको पालिका भेला सम्पन्न

धनकुटा FM
३ माघ २०८२, शनिबार

धनकुटा । प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन विस्तार अभियानमा तीव्र रुपमा लागेको छ ।

आउँदो प्रतिनिधिसभाको निर्वाचनमा बलियो शक्तिको रुपमा उदाउँदै आएको रास्वपाले आज धनकुटाको चौविसे गाउँपालिकामा संगठन विस्तार गरेको छ । सोही क्रममा आज चौबिसे गाउँपालिकामा प्रथम पालिका भेला सम्पन्न भएको छ ।

सो भेलाले टेकराज चेम्जोङलाई संयोजक चयन गरेको छ भने संगठन विभाग प्रमुखमा सुरेन्द्र न्यौपानेलाई चयन गरेको छ । सो भेलाले महेश कार्की, सुमन बिक, कान्तिनाथ खतिवडा, महेन्द्र लिम्बू र आशिष लिम्बूलाई सदस्य चयन गरेको छ ।

त्यसैगरी चौबिसे गाउँपालिका ¥यापिड एक्सन टीमको संयोजकमा निश्चल लिम्बू, सदस्यहरुमा नरिता राई, रोशन लिम्बू, सन्दीप याख्खा, सरिम याख्खा र दिपक राईलाई चयन गरेको छ ।

रास्वपा धनकुटा जिल्ला सभापति बालनन्द दाहालको प्रमुख आथित्यतामा भएको सो भेलामा प्रदेश सदस्य साथै उत्पादन , प्रबद्र्धन विभाग प्रमुख दिपक गुरागाई, ¥यापिड एक्सन टीम धनकुटा संयोजकमा दर्शन थापा लगायतले सम्बोधन गर्नुभएको थियो ।