निर्वाचनका दिन धनकुटाको बिहीबारे हाट नलाग्ने

धनकुटा FM
२० फागुन २०८२, बुधबार

धनकुटा । फागुन २१ गते धनकुटा बजारमा लाग्दै आएको साप्ताहिक बिहीबारे हाट बन्द हुने भएको छ ।

धनकुटा नगरपालिका नगरपालिका वडा नं. ५ कोप्चेस्थित ऐतिहासिक साप्ताहिक बिहीबारे हाट सय वर्षभन्दा पनि अघि सुरु भएको मानिन्छ ।
बिहीबार नै प्रतिनिधिसभाको निर्वाचनको दिन परेपछि साप्ताहिक काट नलाग्ने भएको हो । २०६४ साल चैत २८ गते भएको संविधानसभाको निर्वाचनका दिन पनि यसैगरी हाट बन्द गरिएको थियो । कोरोना भाइरसको कारण लकडाउन भएको अवस्थामा पनि हाट लागेको थिएन ।

साप्ताहिक हाट लाग्ने दिनमै प्रतनिधिसभा सदस्य निर्वाचन परेका कारण बन्द गरिएको धनकुटा नगरपालिकाले सूचनामार्फत जनाएको छ । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईका अनुसार हाट लाग्ने स्थानमा मतदान केन्द्र राखिने भएकोले बन्द गरिएको हो ।

स्थानीयबासी राम धनकुटाका कृषकले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्री गर्ने मुख्य थलोको रुपमा बिहीबारे हाट रहेको छ ।