धनकुटामा ५४.४५ प्रतिशत मतदान, पुरुषले भन्दा महिलाले धेरै गरे मतदान
आजै राती १२ बजेदेखि मत गणना शुरु गरिने
धनकुटा । आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन धनकुटामा शान्तिपूर्ण तवरले सम्पन्न भएको छ । निर्वाचनका लागि नेपाली सेनासहित व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
आज सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा धनकुटामा ५४ दशमलव ४५ प्रतिशत मत खसेको छ । जसमा सबैभन्दा बढी महिलाको मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटाको धनकुटामा ६४ हजार ४९० मत खसेको छ । जसमा ३२ हजार १ सय ५६ पुरुष र ३२ हजार ३ सय ३४ महिला रहेका छन् ।
धनकुटामा १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् भने ११९ मतदान स्थलमा १६६ वटा मतदान केन्द्रमा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको छ । प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा एउटा मात्रै क्षेत्र छ ।
अहिलेससम्म धनकुटामा २ वटा अस्थायी मतदान केन्द्रको सहित २० वटा आइसकेको छ । आजै राती १२ बजेदेखि मत गणना शुरु गरिने धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस