मौलिक संस्कृतिमार्फत पर्यटन प्रवर्धन गर्न धर्मशालामा डम्फू बजाउने तालिम शुरु
धनकुटा । धनकुटाको उत्तरपानीस्थित धर्मशाला सामुदायिक होमस्टेमा डम्फू बजाउने तालिम शुरु भएको छ ।
पछिल्लो पुस्तामा डम्फू बजाउने कलालाई हस्तान्तरण गर्न र पर्यटक प्रवद्र्धन गर्न मौलिक संस्कृति मार्फत पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले सात दिने डम्फू बजाउने तालिम शुरु भएको हो ।
पाख्रीबास नगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा शुरु भएको सो तालिममा १७ जना महिला तथा पुरुषको सहभागीता रहेको । तामाङ समुदायको सेलो र मगरको हुर्रा नाचलाई होमस्टेमा वडाको तर्फबाट प्रवद्र्धन गर्दै जाने उदेश्य अनुरुप डम्फु बजाउने तालिम शुरु गरिएको वडाध्यक्ष सम्झना आले मगरले बताउनुभयो ।
तालिमको सहजीकरण नेपाल तामाङ घेदुङका पर्व जिल्ला सचिव तथा तामाङ पत्रकार संघका प्रदेश संस्थापक अध्यक्ष सन्तबीर लामाले गर्नुभएको छ । तालिम पर्यटक आकर्षणको लागि महत्वपूर्ण हुने उत्तरपानी धर्मशाला सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष दिलु तामाङले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस