धनकुटामा दलित महिलाहरुका लागि ४ दिने सशक्तीकरण कार्यक्रम शुरु

धनकुटा FM
२३ चैत २०८२, सोमबार

धनकुटा । धनकुटामा आजदेखि दलित महिलाहरुका लागि ४ दिने दलित महिला सशक्तीकरण कार्यक्रम शुरु भएको छ ।

दलित महिला संघ धनकुटाको आयोजनामा दलित महिलालाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन उद्यमशीलतासँग जोड्ने उदेश्यले अयोजना गरिएको दलित महिलाहरुका लागि ४ दिने दलित महिला सशक्तीकरण कार्यक्रम शुरु भएको हो ।

धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको सो कार्यक्रममा सहभागीहरुले दलित महिलालाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले दलित महिलाहरू घरभित्र सीमित हुँदा अवसरबाट वञ्चित भएको उल्लेख गर्दै अब उनीहरूलाई विभिन्न सिपमूलक तथा रोजगारमूलक तालिममार्फत उद्यमशीलतासँग जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

दलित महिला संघ धनकुटाकी अध्यक्ष लक्ष्मी परियारको सभापतित्वमा शुरु भएको सो कार्यक्रममा महिला मानव अधिकार रंक्षक सञ्जालकी अध्यक्ष सुमना तिमिल्सिना, महिला अधिकारका लागि राष्ट्रिय अभियान धनकुटा अध्यक्ष पार्वती अमात्य, अनेमसंघ धनकुटा नगर अध्यक्ष तुलसा पौडेल, दलित अधिकारकर्मीहरु मदन बसेल, दलित महिला संघ धनकुटाका उपाध्यक्ष सरिता बराइली लगायतले बोल्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन कोषाध्यक्ष अम्बिका परियारले स्वागत गर्नुभएको सो कार्यक्रममा धनकुटा नगरभित्रका जनप्रतिनिधि, जेनजी पुस्ता, दलित अधिकारकर्मी लगायत ५० जना सहभागीता रहेको छ । सो कार्यक्रम २६ गते समापन हुने बताइएको छ ।