धनकुटाको मुलघाटमा बस दुर्घटना हुँदा घाइते हुनेको संख्या १२ पुग्यो (नामावलीसहित)

धनकुटा FM
२९ जेठ २०८३, शुक्रवार

धनकुटा । धनकुटाको मुलघाटमा बस दुर्घटना हुँदा घाइते हुनेको संख्या १२ पुगेको छ ।

संखुवासभाबाट धरानतर्फ जाँदै गरेको बस धनकुटा नगरपालिका वडा नं. ९ मुलघाटन नजिक दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।

दुर्घटनामा सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ११ बस्ने २८ वर्षीया सविता थापा र उनकी छोरी आरुसी बस्नेत घाइते भएका छन् । यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ११ की अन्दाजी २६ वर्षीया अमृता तामाङ र उनकी ३ वर्षीया छोरी सृयान्सी घाइते भएका छन् ।

संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं. १ की ३४ वर्षीया अनिशा कटुवाल, अन्दाजी ११ वर्षीया पवित्रा कटुवाल, ५० वर्षीया देविमाता कार्की, धर्मदेवी नगरपालिका वडा नं. ३ की अन्दाजी १५ वर्षीया संजिला खत्री, धनकुटा महालक्ष्मी नगरपालिका वडा नं. ६ की २५ वर्षीया संगिता राई, मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ का अन्दाजी ४७ वर्षीय चक्र बहादुर तामाङ र वडा नं. ६ का अन्दाजी ३५ वर्षीय इन्द्रबहादुर तामाङ घाइते भएका छन् ।

त्यसैगरी संखुवासभाकै धर्मदेवी नगरपालिका वडा नं. ९ का निरबहादुर महत पनि घाइते भएको प्रहरीले जनाएको छ । सो बस दुर्घटनापछि अवरुद्ध भएको कोशी राजमार्ग सुचारु भएको प्रहरीले जनाएको छ ।