भरुवा बन्दुक पड्किएर धनकुटाको महालक्ष्मीमा एक जनाको मृत्यु
धनकुटा । धनकुटामा भरुवा बन्दुक पड्किएर उपचारको क्रममा एक जनाको मृत्यु भएको छ ।
भरुवा बन्दुकको नाल सफा गर्ने क्रममा बारुद लोड भएको भरुवा बन्दुकको नाल आगोमा तताई मुखले फुक्ने क्रममा अचानक बन्दुक पड्किदा धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ खाल्डे कटहरेका ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको हो ।
बन्दुकको नाल सफा गर्ने क्रममा घाईते भएका थापालाई जिल्ला अस्पताल धनकुटामा ल्याइएको थियो । उनको उपचारकै क्रममा गएराती साँढे ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनस्थलमा खटिएको प्रहरी चौकी जितपुरको टोलीले एकनाले भरुवा बन्दुक नियन्त्रणमा लिएको र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक पाण्डव राजवंशीको कमाण्डमा टोली घटनास्थलमा खटी गई आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस