पत्रकारीताको बिकासमा स्थानीय तहको भुमिका महत्वपूर्ण हुने

धनकुटा FM
१६ असार २०८३, मंगलबार

धनकुटा । धनकुटाको पत्रकारीताको बिकासमा स्थानीय तहको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा धनकुटा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र धनकुटामा क्रियाशिल सन्चारकर्मीहरु उपस्थिति रहेको थियो । सो अन्तरक्रिया कार्यक्रमको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्घाटन गर्नु भयो ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा राससका निवर्तमान महाप्रबन्धक सिद्ध राज राई र धनकुटा नगरपालिकाका आर्थिक बिकास अधिकारी बिकास अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु भयो ।

सो कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उपप्रमुख भिमादेवी खनाल, वडा नं ७ का अध्यक्ष रोशेश श्रेष्ठ, कार्यकारी अधिकृत दशरथ राई, नेपाल पत्रकार महासंघ धनकुटाका सल्लाहकारहरु बिजय सन्तोषी राई, राजेश्वर बहादुर श्रेष्ठ, कार्यपालिका सदस्य मनुकला लिम्बु, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष गोपाल बराइली लगायतले स्थानीय स्तरमा रहेका सन्चार माध्यमको बिकासमा स्थानीय तह नै बढी जिम्मेवार बन्नुपर्ने कुरामा जोड दिनु भयो ।

सो कार्यक्रमको सन्चालन शाखाका सहसचिव इश्वर थापाले गर्नु भएको थियो ।