क्षयरोग निवारण संस्थाको अधिवेसन सम्पन्न, दोर्ण गुरागाई अध्यक्ष चयन

धनकुटा FM
२१ असार २०८३, आइतबार

धनकुटा । नेपाल क्षयरोग निवारण संस्थाको प्रथम अधिवेसन धनकुटामा सम्पन्न भएको छ । विसं. २०५९ सालमा गठन भएको सो संस्था २०६६ सालसम्म सञ्चालनमा आएको थियो । त्यसयता सो संस्था निष्कृय जस्तै थियो ।

सो अधिवेसनमा धनकुटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अधिवेसनमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, क्षेत्रीय स्वास्थ्य निर्देशानलयका अधिकृत तुलसी गुँरागाई, नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय कार्यबहाक सभापति राजन श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

सो अधिवेसनले दोर्ण प्रसाद गुरागाईको अध्यक्षता नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा धनबहादुर राई, सचिवमा देवबहादुर खड्का, सहसचिवमा अमृत पाण्डे र अम्बिका धमला तथा कोषाध्यक्षमा मुना पोख्रेल चयन हुनुभएको छ ।

सो अधिवेसनले अमर पाण्डे, पार्वती अमात्य, जुनु राई, रेणु श्रेष्ठ, लिलानाथ मिश्र र खेम पौडेल सदस्य चयन हुनुभएको नव निर्वाचित अध्यक्ष दोर्णप्रसाद गुरागाईले जानकारी दिनुभयो ।।