धनकुटाको मुलघाटमा १ हजार ३ केजी लागू औषध गाँजा नष्ट
धनकुटा । प्रहरीले विभिन्न समयमा बरामद गरेको अवैध लागू औषध गाँजा नष्ट गरेको छ ।
विभिन्न समयमा बरामद भएको १ हजार २ केजी ३सय ५ ग्राम गाँजा धनकुटा नगरपालिका वडा नं. ९ स्थित तमोर नदीको किनारमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी तथा प्रवक्ता हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।
पछिल्लो पटक मात्रै २० गते धनकुटाको माङमाया खोलाबाट १ सय ७५ किलो गाँजा बरामद भएको थियो भने असार १५ गते एकै दिन ९ सय ९५ केजी गाँजा बरामद भएको थियो ।
त्यसैगरी ट्रामाजोल ३ हजार ८ सय ३६ क्याप्सुल, डिसोलिन १ ट्याब्लेट, स्पासपेन ४१ ट्याव्लेट र रेसिसपेन ३ हजार ७सय ८१ ट्यावलेट पनि नष्ट गरिएको प्रहरीको भनाई छ ।
धनकुटाका विभिन्न पालिकामा अवैध रुपमा गाँजा खेती हुने गरेको छ । पछिल्लो समय पूर्वी पहाडी जिल्लाको गाँजा ओसारपसारको मुख्य नाका धनकुटालाई मानिन्छ । तर, प्रहरीको सक्रियतामा धनकुटा हुँदै अन्य स्थान लगिने गाँजा धनकुटाका विभिन्न नाकाहरुमा बरामद हुने गरेको छ ।।


प्रतिक्रिया दिनुहोस