कोशी प्रदेशमा मानवअधिकार उल्लंघनका घटना निरन्तर, कारागारमा थपियो गम्भीर चुनौती
धनकुटा । पछिल्लो ६ महिनामा कोशी प्रदेशमा मानवअधिकार उल्लंघनका घटना निरन्तर भइरहेको र कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको पाइएपछि गम्भीर चुनौतीका रूपमा देखिएको छ ।
मानव अधिकार एलाइन्सको २७औँ स्थापना दिवसका अवसरमा धनकुटामा आयोजित ‘कोशी प्रदेशमा मानव अधिकारको अवस्था’ विषयक कार्यक्रममा सार्वजनिक तथ्यांकमा कोशी प्रदेशमा पछिल्लो ६ महिनामा कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएकाले गम्भीर चुनौती थपेको तंथ्यांक सार्वजनिक भएको हो ।
कोशी प्रदेशमा सन् २०२६ को ६ महिनाको अवधिमा ३ सय ३१ जना मानव अधिकार उल्लंघनका घटनामा पीडित भएको पाइएको छ । मावन अधिकार एलाइन्स कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशमा मानव अधिकारको अवस्था विषयक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेशका प्रमुख मनोहर पोख्रेलले उक्त तथ्यांक सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा पोख्रेलले महिला अधिकार सम्बन्धी ६१ वटा, बाल अधिकार सम्बन्धी १ सय ११ वटा र नागरिक अधिकार सम्बन्धी १ सय ५९ वटा मानवअधिकार उल्लंघनका घटना भएको जानकारी दिनुभयो । देशभरमा १६ हजार ९ सय ५६ जनाको क्षमता रहेका कारागार रहेकोमा २५ हजार ९२ जना कैदी बन्दी रहेको कार्यक्रममा जानकारी दिइएको छ ।
यस्तै देशभरका कारागारबाट ३ हजार ८ सय ३ जना कैदीबन्दी फरार रहेको तथ्यांक रहेको छ । सन २०२५ मा कोशी प्रदेशमा मा १ हजार ४ सय ८९ जना पीडित भएका छन् ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री उमाकान्त गौतमले मानव अधिकार उल्लघनका घटनामा कम गराउन कार्यक्रममा सहभागी सबैको भूमिका उत्तिकै रहने बताउनु भयो । उहाँले जानी वा नजानी गरेको घटनामा सबैलाई बराबर कानुन लाग्ने भएकाले सबैले कानुनको बारेमा जानकारी राख्नुपर्ने बताउनु भयो ।
मानव अधिकार एलायन्सको २७ औं स्थापना दिवसको अवसरमा आयोजित कोशी प्रदेशमा मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा मानव अधिकार एलायन्सका केन्द्रिय अध्यक्ष बिदुर सुवेदीले पछिल्लो समयमा मानव अधिकार हनन्का घटना बढ्न थालेकाले नागरिक पनि सचेत हुनुपर्ने बताउनु भयो ।
सो कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मीन सुवेदी लगायतले मानव अधिकार हनन् हुन नदिन राज्य र नागरिक दुबैको उत्तिकै भुमिका हुने बताउनु भयो ।
मानव अधिकार एलायन्सका कोशी प्रदेश अध्यक्ष निलबहादुर थापाको सभापतित्वमा भएको सो कार्यक्रममा मानव अधिकार एलायन्स धनकुटा सचिव खेम थापाले स्वागत गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस