सुन्दरहरैंचा–२ मा विद्युत ट्रान्सफर्मर चोरी

धनकुटा FM
६ वैशाख २०८२, शुक्रवार

इटहरी । सुन्दरहरैंचा नगरपालिका–२ जोगियारे स्थित विद्युत ट्रान्सफर्मर चोरी भएको छ । स्थानीयवासीका अनुसार रातको समयमा अज्ञात समूहले ट्रान्सफर्मर चोरी गरेका हुन् ।

चोरीका कारण सो क्षेत्रका बासिन्दाहरू विद्युत आपूर्तिबाट बञ्चित भएका छन्। ट्रान्सफर्मर चोरी भएपछि स्थानीयवासीमा त्रास फैलिएको छ भने दैनिक कार्यमा समेत असर परेको थियो । नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति पुन सुचारु गरेको छ । सुलभ रिजाल