अखिल महिला संघ महालक्ष्मी नगर कमिटीमा दुर्गादेवी घिमिरे चयन
धनकुटा । नेकपा एमाले निकटको अखिल नेपाल महिला संघ महालक्ष्मी नगर कमिटीको अधिवेसन सम्पन्न भएको छ ।
सो अधिवेसनले दुर्गादेवी घिमिरेको अध्यक्षतामा २७ सदस्यीय कमिटी चयन गरेको छ । सो कमिटिको उपाध्यक्ष राधिका श्रेष्ठ, सचिव प्रतिमा खड्का, सहसचिव संीगता तामाङ र कोषाध्यक्षमा शोभा ढकाल चयन भएका छन् ।
सो अधिवेसनमा अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज मन्जुकुमारी कार्की अधिकारी, अनेम संघ धनकुटाका तारा तितुङ, नेकपा एमाले महालक्ष्मी नगर कमिटी अध्यक्ष कमल कार्की लगायतले शुभकामना दिएका थिए ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस