धनकुटाको मुगामा बास हस्तकला सम्बन्धी तालिम सम्पन्न

धनकुटा FM
२२ वैशाख २०८२, आइतबार

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ७ मुगामा एक महिने बास हस्तकला सम्बन्धी तालिम सकिएको छ ।

मुगामा रहेका दलित समुदायमा उद्यम प्रवद्र्धन कार्यक्रम अन्तर्गत गत चैत १९ गतेदेखि शुरु भएको सो तालिममा १७ जनाको सहभागीता रहेको थियो ।

घरेलु तथा साना उद्योग कार्यलय धनकुटाको आयोजना र वडा नं. ७ को संयोजनमा भएको सो तालिमको समापनमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले सिकेका सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । नगरप्मुख गुरुङले युवाहरुलाई सीप सिकाउनुमात्रै ठूलो कुरा नभएको तर उनीहरुको सीपलाई बजारीकरण गर्न जरुरी रहेको बताउनु भयो ।

सो कार्यक्रम पाख्रिवास नगरपालिका वडा नं. ७ का वडाध्यक्ष देवेन्द्र तामाङ, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष रविन कट्टेल, प्रशिक्षक ज्ञानकुमार राई, प्रशिक्षार्थी दिवानी बराइली लगायतले बोल्नुभएको थियो ।

सो तालिमको समापन कार्यक्रमको सभापतित्व घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख माधव बास्कोटाले गर्नुभएको थियो भने समापन कार्यक्रममा सामुदायीक रेडियो प्रशारक संघका केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव इश्वर थापा, सल्लाहकार रमेशचन्द्र अधिकारी, पूर्व केन्द्रिय सदस्य सरीता बराइली, सदस्य सन्तोष सुवेदी लगायतको सहभागीता रहेको थियो ।