महिनावारी सरसफाइ दिवसमा धनकुटाको भीरगाउँमा हाजिरी जवाफ प्रतियोगिता

धनकुटा FM
१५ जेठ २०८२, बुधबार

धनकुटा । महिनावारी सरसफाइ दिवसको अवसरमा धनकुटा नगरपालिका वडा नं. २ भीरगाउँमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

धनकुटा नगरपालिकाको स्वास्थ्य शाखाद्धारा श्री श्रीमान टंक माध्यमिक विद्याय भीरगाउँमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगियतामा रिदिमा भुजेलको समुह प्रथम, दोस्रो पिंकला लामिछानेको समुह दोस्रो, आयुस्मा राईको समुह तेस्रो र रोशनी राईको समुहले सान्त्वना स्थान प्राप्त गरेको छ ।

सो प्रतियोगिताका विजयीहरुले क्रमसः ३ हजार, २ हजार, १ हजार र ५ सय रुपैयाँ प्रदान गरिएको छ । विजेताहरुलाई धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल र श्रीमान टंक माविका प्रधानाध्यापक नरबहादुर विश्वकर्माले पुरस्कार वितरण गर्नुभयो ।

सो प्रतियोगितामा श्रीमान टंक माविका १२ जना छात्राहरुले मात्रै भाग लिएका थिए । सो प्रतियोगिता धनकुटा नगरपालिकाका उपप्रमुख खनालको सभापतित्वमा भएको थियो ।