धनकुटाको वेलहरामा अटो दुर्घटना हुँदा ६ जना घाइते
धनकुटा । धनकुटा नगरपालिका वडा नं. ९, स्थित बेलहारामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
शुक्रबार दउँसो करिब साढे १ बजे धनकुटाको बेलहाराबाट धनकुटा आउँदै गरेको को २ ह ५५६७ नम्बरको अटो अनियन्त्रित भई सडक नालीमा पल्टिएको थियो । सो अटो दुर्घटना हुँदा अटोमा सवार ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो । घाइतेलाई धनकुटास्थित जिल्ला अस्पताल ल्याइएको छ ।
दुर्घटनामा धनकुटा नगरपालिका–९ बेलहारा की ६१ वर्षीया निर्मला बस्नेत, सोही स्थानकी ३३ वर्षीया रेनुका न्यौपाने र १७ वर्षीय डेबिड बिक घाइते हुनुभएको छ । यस्तै धनुषाको जनकपुर नगरपालिका–१४ का ४४ वर्षीय बसन्त बहादुर पुर्वे, काठमाडौं महानगरपालिका–२६ का ५० वर्षीय ५० रमेश प्रसाद दुलाल र मोरङको कानेपोखरी गाउँपालिका–५ की २० वर्षीया देवी बिक पनि घाइते हुनुभएको छ ।
घाइतेमध्ये बेलहारा बस्ने ६१ वर्षीया निर्मला बस्नेतको हात भाँचिएको छ । उहाँलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रवक्ता खनालको भनाइ छ ।
अटो चालक धनकुटा नगरपालिका–९ का ४२ वर्षीय जितेन्द्र बाँस्तोलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस