धनकुटाको टेकुनालामा पिकअप दुर्घटना हुँदा २५ जना घाइते, ४ जनाको अवस्था गम्भीर

धनकुटा FM
२६ साउन २०८२, आइतबार

धनकुटा । धनकुटामा पिकअप दुर्घटना हुदाँ २५ जना घाइते भएका छन् । गाइजात्रा मनाउन धनकुटा सदरमुकाम आउँदै गरेको बा २ च २३०९ को पिकअप धनकुटा नगरपालिका वडा नं. ८ टेकुनालामा दुर्घटना २५ जना घाइते भएका हुन् ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा गम्भीर घाइते हुनेमा धनकुटा नगरपालिका ७ का ६२ वर्षीय गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका ७ कै ३८ वर्षीय जितबहादुर श्रेष्ठ, धनकुटा नगरपालिका ८ बस्ने ४५ वर्षीय रेनुका राई र वडा नं. ८ कै ९० वर्षीय हर्कलाल राई रहेका छन् ।

उनीहरुलाई थप उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

सो दुर्घटनामा परी धनकुटा नगरपालिका ८ बस्ने १४ वर्षीय सविना डंगोल, ६४ वर्षीय चन्द्रभक्त डंगोल, ३५ वर्षीय हरीकुमार डंगोल, ७२ वर्षीय मोहन डंगोल, २७ वर्षीय राम श्रेष्ठर र टिना डंगोल, १८ वर्षीय रोजिन डंगोल, ५६ वर्षीय रमेश कर्मचार्य, धनकुटा नगरपालिका ७ बस्ने २२ वर्षीय राजन राई, सहिदभूमी गाउँपालिका ४ का २४ वर्षीय आशिस राई घाइते हुनुभएको छ ।

त्यसैगरी साँगुरीगढी गाउँपालिका १ बस्ने १६ वर्षीय निशु लिम्बु, धनकुटा नगरपालिका वडा नं. ९ मुलघाटका १२ वर्षीय रोनिया श्रेष्ठ, छथरजोरपाटी गाउँपालिका वडा नं. ६ सिंधुवाका १६ वर्षीय शिव श्रेष्ठ, र २४ वर्षीय प्रकाश श्रेष्ठ पनि घाइते हुनुभएको छ ।

घाइतेमध्ये चतुरलाल डंगोल, रोनिता श्रेष्ठ, रिमा डंगोल, राजन राई, निशु लिम्बु, राम श्रेष्ठ, मोहन डंगोल, सविना डंगोल र रिमा डंगोलको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्उ उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।