धनकुटामा लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ
धनकुटा । धनकुटामा लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् ।
प्रहरीले धनकुटा नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३० वर्षीय निर्मल पौडेललाई हिजो राती ७ः१९ बजे खैरो हिराइनसकित पक्राउ गरेको हो ।
धनकुटा नगरपालिका वडा नं. ७ बसपार्क नजिकै लागु पदार्थको कारोबार भइरहेको गोप्य सुचना आधारमा खोजतलास गर्दा बसपार्कबाट जिरोप्वाइन्टटर्फ गइरहेको प्रदेश नम्बर १–०२–०५८ प ४३८९ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक पौडेलले लगाएको हेल्मेटभित्र ३ वटा पोका र मुखभित्र ६ वटा पोका गरी जम्मा स–साना ९ वटा पोका प्लाष्टिकले प्याक गरी लुकाई छिपाई राखेको खैरो हिरोइन जस्तो देखिने लिसाईलो पर्दाथ फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट ब्राउनसुगर १ ग्राम २ सय ४५ मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको बताइएको छ । उनले प्रयोग गरेको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस