वडास्तरीय भलिवलमा सहभागी खेलाडीलाई समाजसेवी चापागाइँको सहयोग
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ४ का समाजसेवी पवन चापागाईले चानुवामा भइरहेको धनकुटाको खुल्ला वडास्तरिय पुरुष भलिबल प्रतियोगितामा सहभागी खेलाडीहरुलाई खाजा खर्च उपलब्ध गराउनु भएको छ ।
आफ्नो वडामा भइरहेको खुल्ला वडास्तरिय पुरुष भलिबल प्रतियोगितामा सहभागी खेलाडीहरुलाई खाजा खहज होस् भन्ने उदेश्यले समाजसवी चापागाईले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको वडा नं. ४ का वडाध्यक्ष शुक्रबहादुुर बुढाथोकीले बताउनु भयो ।
विगत ११ वर्षदेखि अमेरिकामा बस्दै आउनु भएका चापागाइँ धनकुटामा रहदाँ प्रजातान्त्रिक युवा संघको जिल्ला संयोजक हुनुहुन्थ्यो । हाल उहाँ कृषी क्रान्ति अभियान नेपालका केन्द्रिय संयोजक हुनुहुन्छ । अहिले अमेरिकामा बसेर पनि उहाँले नेपालमा विपदका समयमा सहयोग गर्दै आउनु भएको छ ।
चानुवा खेलकुद विकास समितिको आयोजनामा भइरहेको खुल्ला वडास्तरिय पुरुष भलिबल प्रतियोगितामा सञ्चालन गर्न वडा कार्यालयले १ लाख ९० हजार रुपैयाँ विनियोजन गरेको छ ।
तिहार तथा छठ पर्वको अवसरमा गरिएको खुल्ला वडास्तरिय पुरुष भलिबल प्रतियोगितामा धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभाका २७ वटा टीमको सहभागीता रहेको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद ६० हजार र उप–विजेता टोलीले नगद ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै सेमिफाइनलमा पुग्ने टीमले नगद १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ पनि उत्कृष्ट खेलाडीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने वडाध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस