तेस्रो अजङ्गको बरको रुख आमन्त्रित फुटबल प्रतियोगिता पुनः सुचारु
धनकुटा । निरन्तरको वर्षाका कारण स्थगित भएको तेस्रो अजङ्गको बरको रुख आमन्त्रित फुटबल प्रतियोगिता पुनः आजदेखि सुचारु भएको छ ।
गत विहीबारदेखि निरन्तर रुपमा वर्षा भएपछि धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ५ लाप्चेटारमा जारी तेस्रो अजङ्गको बरको रुख आमन्त्रित फुटबल प्रतियोगिता आजसम्मका लाथि स्थगित भएको थियो ।
सो प्रतियोगिता अन्तर्गत आज भगवती एफसी र मिलनचोक एफसी विजयी भएका छन् । पहिलो खेलमा भगवती एफसी ले १–० गोलको अग्रता कायम गर्दै पाटीगाउँ एफसीलाई पराजित गरेको छ ।
त्यस्तै दोस्रो खेलमा मिलनचोक एफ.सी ले उत्कृष्ट प्रदर्शन गर्दै चक्रगर्ती एफ.सी विरुद्ध एकपक्षीय खेलमा ८–० को ठुलो जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
लाप्चेटार युवा क्लबद्वारा प्रत्येक वर्ष आयोजना हुँदै आएको सो प्रतियोगिता यो वषृ कात्तिक १२ गतेदेखि शुरु भएको थियो भने सो प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहेको छ ।


प्रतिक्रिया दिनुहोस