प्रगतिशिल लेखक संघ धनकुटाद्धारा ५ जना सल्लाहकार समिति गठन

धनकुटा FM
१२ पुष २०८२, शनिबार

धनकुटा । प्रगतिशिल लेखक संघ धनकुटाले ५ जना श्रष्टाहरुलाई सल्लाहकार चयन गरेको छ ।

संघका अध्यक्ष ध्रुव एलेक्सको अध्यक्षतामा बसेको बैठकले डा. गोपालबहादुर भट्टराई, मनोज राई, यज्ञकुमारी रुचाल, रमेशचन्द्र अधिकारी र गोपाल बराइलीलाई सल्लाहकार समितिमा चयन गरेको छ ।

त्यसैगरी सो बैठकले सचिवालय समिति पनि गठन गरेको छ । जसमा पदाधिकारी बाहेक निर्मला ईवाहाङ र टिकाराम कार्कीलाई सचिवालयमा राखेको छ । त्यस्तै कार्यसमितिमा डि.आर फुयाल, जेवी निकुन्त, सरोज भूजेल, दृष्टि श्रेष्ठ र प्रदिप फूयाललाई नयाँ सदस्य थप गरेको छ ।

जिल्ला अधिवेसनपछि बसेको बैठक धनकुटामा खुल्ला वक्तित्वकला तथा धनकुटाको सम्भावना विषयक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको सचिव सन्तोष सुवेदीले जानकारी दिनुभयो ।