साँगुरीगढी २ मान्दवाबाट ७१ किलो गाँजासहित दुई जना पक्राउ
धनकुटा । धनकुटामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. २ मान्दवा टोलबाट प्रहरीले ७१ किलो ३५ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शुक्रबार राति करिब ११ः५५ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी निरीक्षक भीमबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले चेकजाँचका क्रममा को २ ह १२५ नम्बरको अटो (टेम्पो) रोकेको थियो । शंका लागेर गरिएको खानतलासीका क्रममा अटोभित्र प्लास्टिकका पाँच वटा बोरामा प्याक गरी राखिएको तयारी अवस्थामा रहेको ७१ किलो ३५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका वडा नं. २ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बू र साँगुरीगढी वडा नं. ३ मादेनका ३२ वर्षीय मदन याखा रहेका छन् । लिम्बूले चलाएको को २ ह १२९ नम्बरको टेम्पो जाँच गर्दा प्लास्टिकका पाँच वटा बोरामा प्याक गरी बिक्रीका लागि लैजाँदै गरेको ७२ किलो ३५ ग्राम गाँजा बरामद भएको धनकुटाका प्रहरी प्रवक्ता हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जना, नियन्त्रणमा लिइएका सवारी साधन र गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस