कर्मचारी र आफ्नो कार्यशैलीमा समेत परिवर्तन गर्छु -रवी लामिछाने
काठमाडौं,२३ फागुन । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफु मातहतका कर्मचारी र आफ्नो समेत कार्यशैलीमा परिवर्तन बताएका छन् । बुधबार राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवार पुगेर मन्त्री लामिछानेले पद बहालीपछि देशभर हडपिएको सरकारी सम्पति फिर्ता गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् ।
गृहमन्त्रालयमा धेरै चुनौती रहेको भन्दै आफ्नो पहिलो काम हडपिएका सरकारी सम्पत्ति सरकारको मातहतमा ल्याउने उनको भनाई छ । त्यसका लागि उनले सुक्ष्म अनुसन्धान गर्नुपर्ने आवश्यकता जरुरी रहेको र सोहीअनुसार अपराध अनुसन्धानमा खटिन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले आफ्नो मन्त्रालय मातहतका कर्मचारी र आफ्नो समेत कार्यशैलीमा परिवर्तन गर्ने बताउँदै काविल र क्षमतावान कर्मचारीलाई अवसर दिइने बताए । अपराधीलाई बचाएर नभई समाएर प्रमोशन गरिने भन्दै उनले आफ्नो ध्यान शान्ति सुरक्षा र अपराध नियन्त्रणमा रहने बताए ।
आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरुलाई पनि कानुन अनुसार कारबाही गर्न निर्देशन दिदै उनले आफ्नो नाम लिएर वा आफूसँग खिचेको फोटो देखाउँदै सरुवा र बढुवाको चिर्कटो बोकेर कोही आएमा त्यस्तो व्यक्तिलाई सिंहदरबार प्रवेशमै रोक लगाउने उनले बताए ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस