गर्मी अचाक्ली भएपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द

धनकुटा एफ. एम.
१८ जेठ २०८१, बिहिवार

दाङ । गर्मी अत्यधिक बढेपछि तुलसीपुर उपमहानगरमा पाँच दिन विद्यालय बन्द गरिएको छ ।

१८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार २३ गतेदेखि पठनपाठन सञ्चालन गरिने छ ।

यहाँ ३९ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको छ ।