आज सुनको मूल्य कति पुग्यो ?

धनकुटा एफ. एम.
६ असार २०८१, मंगलबार

काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ ।