सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घट्यो

धनकुटा एफ. एम.
११ असार २०८१, आइतबार

काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएको छ ।आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको मासंघले जवनाएको छ ।