४९ बर्षिय अभिनेत्री अमिषा पटेल भन्छिन् विवाहको लागि तयार छु, केटा पाइन

धनकुटा एफ. एम.
१४ असार २०८१, बुधबार

एजेन्सि-बलिउड अभिनेत्री अमिषा पटेलले आफु विवाहको लागि तयार भएपनि केटा नभेटिएको प्रतिक्रिया दिएकी छन् ।

सामाजिक सञ्जालमा एक फ्यानले सोधेको प्रश्नको जवाफ दिदै ४९ बर्षिय अभिनेत्री पटेलले फ्यानका धेरै प्रश्नको रोचक जवाफ दिदै आफु धेरै दिनदेखि विवाहको लागि तयार रहेको र अहिलेसम्म केटा फेला नपरेको बताएकी हुन् ।राजधानि दैनिकमा खबर छ ।

उनलाई एक फ्यानले सलमान खान पनि अहिलेसम्म अविवाहित रहेको उनैसँग विवाह गर्न सुझाव दिएका छन् । सो प्रश्नको जवाफमा पटेलले भनिन्( , ‘सलमान र म अविवाहित छौं, त्यसकारण हामीले बिहे गर्नुपर्छ जस्तो लाग्छ रु यसमा औचित्य के छ रु उनीहरु फिल्मको कुरा गर्दैछन् कि वास्तविक विवाहको रु’

सन् २००० मा अभिनेता ऋतिक रोशनसँग सुपर हिट फिल्म कहो ना प्यार है बाट बलिवुडमा डेभ्यु गरेकी थिइन् । उनले त्यसपछि गदर र गदर(२ जस्ता सुपर हिट फिल्ममा काम गरेकी छन् ।

उनले फ्यानहरुसँग कुरा गर्दै आफ्नो नयाँ फिल्म ‘हमराज’ को सिक्वेलको ’दयगतमा पनि कुरा गरेकी थिइन् । साथै उनले ‘गदर ३’ को अफर आयो भने स्क्रिप्ट मन पर्यो भने काम गर्ने बताएकी छन् ।